19th December | 2018 | Wednesday | 12:36:48 AM

मन्त्रिपरिषद् निर्णय : भैंसेपाटीमा मन्त्री निवास बनाउने

हिमालय टाइम्स   POSTED ON : Thursday, 06 December, 2018 (8:30:04 PM)

मन्त्रिपरिषद् निर्णय : भैंसेपाटीमा मन्त्री निवास बनाउने

 काठमाडौं । सरकारले हाल पुल्चोकमा रहेको मन्त्री निवासलाई ललितपुरकै भैंसेपार्टीमा सार्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरुको आवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरेको बताए ।

ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवासलाई भैंसेपाटीमा सार्ने निर्णय गरिएको बताए । पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका भवन बनाउने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोखरेललाई नियुक्त गरेको उनले बताए ।

त्यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय पनि गरिएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए।  देवकोटाको जन्म जयन्तीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए।

त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।


Views: 58