19th December | 2018 | Wednesday | 12:33:53 AM

नेपाल तिब्र विकासको देश हुनसक्छ : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : Friday, 07 December, 2018 (7:53:07 PM)

नेपाल तिब्र विकासको देश हुनसक्छ : प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानमन्त्रत्री केपी शर्मा ओलीले नेपालतिव्र विकासको देश हुन सक्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।     

नेपालको विकासका लागि अरु देशका अनुभव,सीप र प्रविधि  सजिलै उपलब्ध हुने हुनाले  तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी विश्वमा सब भन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भने “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।”

प्रधानमन्त्री ओलीले १५ औं पञ्चबर्षीय योजना (२०७६/०७७ –२०८० /०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । “अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक,प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यबहारिक योजना बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।”

स्वदेशमा रहेका फलाम खानीको उत्खनन्, विद्युतीयउर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल,डिजेल जस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनु पर्ने माप्रधानमन्त्री ओलीको जोड छ । “विद्युत, सौर्य र अन्य वैकल्पिकउर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ ” प्रधानमन्त्री ओलीले भने “ जेट्रोफाबाट पनि इन्धनको आपूर्ती गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातीको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता,लोकतान्त्रिक प्रणाली,सामाजिक न्याय,राष्ट्रिय एकता र शान्ती र सुरक्षामा कोह कसैसँग सम्झौता नुहने बताए । देश विकासका योजनाहरु पनि यी उल्लेखित पाँच कुरालाई सम्बोधन गर्ने र मजुवत पार्ने किसिमका हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।




Views: 51