23rd August | 2019 | Friday | 3:02:25 PM

सार्वजनिक महत्वका विषय ट्रेड युनियनको मुद्दा बन्नुपर्छ : बलदेव तामाङ

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७५ (६:५८ PM)

सार्वजनिक महत्वका विषय ट्रेड युनियनको मुद्दा बन्नुपर्छ :  बलदेव तामाङ

काठमाडौं ।  नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार प्रकाशन विभाग प्रमुख बलदेव तामाङले सार्वजनिक महत्वका विषयहरु ट्रेड युनियनको मुद्दा बन्नु पर्ने बताएका छन् ।    

 नेपाल टेलिकम वर्कस युनियन केन्द्रीय युवा समितिले राजधानीमा मंगलबार काठमाडौ क्षेत्रीय समिति अन्तर्गतका नवनिर्वा्चित इकाई ,क्षेत्रीय तथा केन्द्रीय प्रतिनिधिहरुको स्वागत एवं बधाई कार्यक्रममा यस्तो विचार राखेका हुन ।

 नेपाल टेलिकमको सेवालाई इङित गर्दै गुणस्तरीय सेवा दिनु पनि सार्वजनिक महत्वका विषय भएको भन्दै कर्मचारी संगठनहरु कर्मचारीको पेशागत अधिकारसंगै कम्पनीले दिने प्रभावकारी सेवामा लाग्नु पर्ने बताए । बजारमा नयाँ नयाँ कम्पनीहरु प्रतिस्पर्धामा आएको उल्लेख गर्दै समय सापेक्ष गुणस्तरिय र प्रविधियुक्त सेवा प्रदान गर्न युनियनले व्यवस्थापन पक्षलाई सकारात्मक सुझाव र दबाब दिन आग्रह गरे । यसैगरी वर्तमान सरकारले सरोकारवालाहरुसंग छलफल नै नगरी बोनस ऐन र अवकाश पश्चात् प्राप्त गर्ने रकममा समेत १५५ आयकर लगाउने निर्णयको विरोध गर्दै तत्काल सच्याउनु पर्ने बताउदै भन्ने बेलामा श्रमिकको सरकार भन्ने तर श्रमिकलाई नै अप्ठ्यारो पार्ने निर्णय हरु गर्न थालेकाले यसको विरुद्ध लड्न अग्रजहरुको अनुभव र युवाहरुको जोस जागरलाई एकात्रित गरि सशक्त संगठन निर्माण गर्न युवाहरू नेतृत्वमा आउनु पर्ने विचार राखे ।           

 टेलिकम वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहालले सबैजना एक भए मात्र  कर्मचारीहरुको हकर अधिकार दिलाउन सहज हुने बताए । पुर्व अध्यक्ष कृष्ण अर्यालले टेलिकमले प्रतिस्पर्धि कम्पनीहरुको दाजोमा समय सापेक्ष प्रविधीमा ध्यान दिनु पर्ने बताए । 

महासचिव शुरेश रौनियारले प्रतिस्पर्धी  संगठनहरुसंग प्रतिस्पर्धा गर्न अग्रजहरुले युवाहरुलाई सहजरुपमा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताए भने कार्यक्रम युवा अध्यक्ष अच्युत ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो


Views: 548