22nd March | 2019 | Friday | 8:30:08 AM

समितिबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७५ (८:३३ AM)

समितिबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

 काठमाडौं । संघीय संसद प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक कांग्रेसको फरक मत हुँदा हुँदै बहुमतले पारित भएको छ । 

पारित विधेयकप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका थिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच सहमति नभएपछि समितिले बहुमतबाट विधेयक स्वीकृत गरेको छ ।

आज भएको समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्यद्धय गगन थापा र चित्रलेखा यादवले फरक मत राखेका  थिए । 


Views: 69