27th March | 2019 | Wednesday | 5:53:18 AM

फ्रान्सेली विदेश सचिव स्वदेश प्रस्थान

  POSTED ON : पुष २६, २०७५ (१०:२९ AM)

फ्रान्सेली विदेश सचिव स्वदेश प्रस्थान

काठमाडौं । नेपाल–फ्रान्स राजनीतिक परामर्शका निम्ति नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा रहनुभएका फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानो आज स्वदेश प्रस्थान गरेका छन् ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको थियो । 

दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ घनीभूत तुल्याउँदै दुई देशका राष्ट्रिय स्वार्थ पूरा हुने सबै क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय मञ्चमा सहकार्य गर्ने सहमति गरेका थिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले शिष्टाचार भेट गरेर नेपाल आफ्नो देशको उच्च प्राथमिकतामा रहेको र पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्न तत्पर रहेको बताए ।

परामर्श बैठकपछि नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने सन्दर्भमा नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको थियो । बुधबार नै दुवै देशका परराष्ट्र सचिवसँगै सद्भावनादूत खतिवडाले संयुक्तरुपमा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवसम्बन्धी संस्मरणात्मक प्रतीकको अनावरण गरेका थिए । त्रिभुवन विमानस्थलमा उनलाई नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिए लेजे तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे ।


Views: 57

सम्बन्धित सामग्री:

विप्लवका तीन कार्यकर्ता पक्राउ

: चैत्र १२, २०७५ (११:२५ AM)

बलात्कार गरेको आरोपमा पक्राउ

: चैत्र १२, २०७५ (१०:५१ AM)