27th March | 2019 | Wednesday | 5:54:06 AM

‘मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्छ’

हिमालय टाइम्स   POSTED ON : पुष २६, २०७५ (१२:३८ PM)

‘मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्छ’

 काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले वाइड बडी जहाज खरीद प्रकरणमा मुछिएका आधारमा मन्त्री पर्यटनमन्त्री रविन्द्र अधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।

 शान्ति समाजका सभापति उत्तम पुडासैनीद्धारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

वाइड बडी जहाज खरिद प्रकरणमा भएको अरबौ रुपैँया अनियमितता र भ्रष्टाचार घटना सन्दर्भमा घटनाको गहिराईमा पुगि मुल दोषीहरुलाई समेत कानुनी कारबाही गर्न शान्ति समाज जोडदार आग्रह गर्दछ । यस सन्दर्भमा संसदीय समितिमा झुठ बोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शान्ति समाज विनम्र आग्रह गर्दछ ।

साथै नागरिक अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका विषयमा केन्द्रीत रही २०७५ पुस २५ गते इलाममा आमरण अनसन थालेकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । डा. केसीले विगतमा पनि यिनै विषयमा केन्द्रीत रही १५ पटक सत्याग्रह गर्नुभएको र पटक पटक सरकारले सहमति पनि गरेको पृष्ठभूमीमा सरकारको छलकपट र उदासिनताका कारण डा. केसी पुन आमरण अनसन बस्नुपर्ने परिस्थिति उत्पन्न हुनु दुखद छ । डा. केसीसँग विगतमा भएका सहमतिहरु कार्यान्वयन गरी डा. केसीको सत्याग्रहलाई शिघ्र निकास दिन शान्ति समाज सरकासँग आग्रह गर्दछ । 



Views: 164

सम्बन्धित सामग्री:

विप्लवका तीन कार्यकर्ता पक्राउ

: चैत्र १२, २०७५ (११:२५ AM)

बलात्कार गरेको आरोपमा पक्राउ

: चैत्र १२, २०७५ (१०:५१ AM)