27th March | 2019 | Wednesday | 7:05:37 AM

चिकित्सा क्षेत्रमा अनेक आन्दोलन

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७५ (६:२६ AM)

चिकित्सा क्षेत्रमा अनेक आन्दोलन

काठमाडौं । विगत ८ महिनादेखि तलब नपाएको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का आवासीय चिकित्सकहरूले आन्दोलन सुरु गरेका छन् । लामो समयदेखि तलब नपाउँदा खर्च धान्न समस्या भएको भन्दै उनीहरूले बिहीबार विरोध प्रदर्शन गरे । आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार छात्रवृत्तिमा अध्ययन र सेवा गरिरहेका चिकित्सकहरूले जेठदेखि छात्रवृत्ति पाउन सकेका छैनन् । लामो समयसम्म रकम निकासा नहुँदा दैनिक गुजारामै अप्ठेरो परेको भन्दै बिहीबार आवासीय चिकित्सकहरूले विरोधस्वरूप शिक्षण अस्पतालमा ¥याली निकालेका छन् । ४ वटा सरकारी प्रतिष्ठानमा अध्ययनरत दुई सयभन्दा बढी आवासीय चिकित्सकले छात्रवृत्ति पाएका छैनन् । यस्तै स्वास्थ्य सहायकहरूले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । केही व्यक्तिको स्वार्थमा बनाइएको सांगठनिक संरचना खारेजीको माग गर्दे नेपाल जनस्वास्थ्य संघको नेतृत्वमा माइतीघरमा प्रदर्शन भएको हो । 

सरकारी चिकित्सकहरूको आन्दोलन जारी

कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकहरूको आन्दोलन बिहीबार पनि जारी रहृयो । कर्मचारी समायोजन अध्यादेश तत्काल नसच्याए देशभरको स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी सरकारी चिकित्सकहरूको विभिन्न संघले दिएको छ । उनीहरूले कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने लगायत विभिन्न माग राखेर आन्दोलन जारी राखेका हुन् । 


Views: 44

सम्बन्धित सामग्री:

विप्लवका तीन कार्यकर्ता पक्राउ

: चैत्र १२, २०७५ (११:२५ AM)

बलात्कार गरेको आरोपमा पक्राउ

: चैत्र १२, २०७५ (१०:५१ AM)