22nd January | 2019 | Tuesday | 10:07:57 AM

विवेकशील साझा पार्टी फुटाएर उज्जवल थापाद्वारा नयाँ पार्टी दर्ताको निवेदन

हिमालय टाइम्स   POSTED ON : Friday, 11 January, 2019 (8:15:12 PM)

विवेकशील साझा पार्टी फुटाएर उज्जवल थापाद्वारा नयाँ पार्टी दर्ताको निवेदन

 काठमाडौं । विवेकशील साझा पार्टी फुटाएर संयोजक उज्जवल थापाले नयाँ पार्टी दर्ता गराएका छन् । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । 

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको एक नेताले बताए ।

केही दिनअघि संयोजक उज्जवल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए। त्यसपछि पार्टी्भित्रको मदभेद सतहमा आएको थियो ।

संयोजक रविन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको थापा समुहको असन्तुष्टि थियो ।

करिव डेढबर्षअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। 




Views: 55