27th March | 2019 | Wednesday | 5:52:44 AM

राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण : प्रचण्ड

  POSTED ON : पुष २९, २०७५ (२:२७ AM)

राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताएका छन् ।

शनिबार यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उनले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताए । साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उनको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भने ।

जनताले भोगको दुःख र सुखलाई साहित्यकारुपमा राजनीतिक दलले समेटनु पर्नेमा उनले जोड दिए । नेपालको राजनीतिक आन्दोलन गीत, कविताजस्ता साहित्यबाट हुने गरेको भन्दै उनले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठूलो भूमिका रहेको बताए ।

अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्यलाई केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिए । “मानिसको सोच र आचरण निर्माणमा साहित्यले भित्रैदेखि नै तरङ्गीत पार्ने तथा उक्त तरङ्गले राजनीतिक चेतना ल्याउँछ,” उनले भने । उनले पुस्तकमा साहित्यकारले गतिशील समाज निर्माणकाबारेमा उल्लेख गरेको बताए ।

समाज कल्याण परिषद्का उपाध्यक्ष निर्मलमणि बरालले साहित्यले समाजको चित्रण गर्दै अग्रगति दिनुपर्ने बताए । कार्यक्रममा गीतकार कृष्णहरि बराल, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इञ्जिनीयरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतले अहिले भइरहेको सामाजिक यथार्थलाई लेखिकाले उपन्यासमा चित्रण गरेको बताए । लेखिका ढुङ्गेलले समाजमा नारी र पुरुषबीचको सम्बन्धलाई उपन्यासमा उल्लेख गरिएको बताइन् ।


Views: 91

सम्बन्धित सामग्री:

विप्लवका तीन कार्यकर्ता पक्राउ

: चैत्र १२, २०७५ (११:२५ AM)

बलात्कार गरेको आरोपमा पक्राउ

: चैत्र १२, २०७५ (१०:५१ AM)