27th May | 2019 | Monday | 5:51:22 AM

नेपाल–भारत सम्बन्ध सही ट्रयाकमा छ : राजदुत आचार्य

  POSTED ON : फाल्गुन ३०, २०७५ (९:३७ AM)

नेपाल–भारत सम्बन्ध सही ट्रयाकमा छ : राजदुत आचार्य

नयाँ दिल्ली । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध अझै राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् । 

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै राजदुत आचार्यले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अहिलेपनि सुमधुर छ, राम्रो छ, तर यसलाई अझै राम्रो बनाउनुपर्छ । यसको लागि म लागिरहेको छु।’

आफू द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन केन्द्रित भएको र यसको लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले भने,‘अहिले नेपाल र भारतबीचको सम्बन्ध सही ट्रयाकमा छ ।’ आचार्यले अहिले दुई देशबीचको सम्बन्ध राम्रो हुनुमा भारतले नेपालको आन्तरिक मामिलामा कुनै चासो नदिनु नै मुख्य कारण रहेको सुनाए । 

उनले यसअघि नेपालको राजनीतिमा भारतको चासो रहेको भएपनि अहिले कुनै चासो नरहेको आफूले पाएको पनि स्पष्ट पारे । उनले भने,‘नेपालमा जो प्रधानमन्त्री बनेपनि भारतले सहयोग गर्छ । मिलेर काम गर्छ ।’ नेपालको विकास र समृद्धिप्रति भारत सकारात्मक रहेको पनि उनले विश्वास दिलाए । 


Views: 78