26th March | 2019 | Tuesday | 1:31:11 AM

मलाई मार्न टिम खटाउने देखेर माया अनि दया लागेर आउँछ : प्रचण्ड

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ३०, २०७५ (१०:४२ AM)

मलाई मार्न टिम खटाउने देखेर माया अनि दया लागेर आउँछ  : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई मार्न टिम खटाउने देखेर दया लागेर आएको बताएका छन् ।

‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाएको दस्ताबेजसमेत भेटिनु दुस्खद भएको उनले बताए ।

बिहीबार वाइसिएलले पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान कार्यक्रममा उनले भने, ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो त? मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’

 हिजोसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको बताएका छन्।

विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेर पुनः ०५२ साल दोहोरिन नसक्ने उनले बताए ।

नक्कल गरेर पास नहुने बताउँदै उनले भने, ‘देशमा हिजो जस्तो राजतन्त्र पनि नभएको र ०५२ सालको जस्तो परिस्थिति पनि नभएकोले विप्लवले सोचेजस्तो हुन्न ।’

आफूलाई पनि जनताले प्रचण्ड बनाइदिएको बताउँदै उनले प्रचण्ड जस्तो बन्छु भनेर नहुने बताए ।


Views: 69