26th March | 2019 | Tuesday | 1:41:23 AM

विप्लव, राउत र पूर्वराजा भन्दा ओलीबाट डर छ : गगन थापा

पुरन साह   POSTED ON : चैत्र १, २०७५ (१२:४४ PM)

विप्लव, राउत र पूर्वराजा भन्दा ओलीबाट डर छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विप्लव, राउत र पूर्वराजा भन्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट डराउनुपर्ने भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक टे«ड युनियनको दशौं केन्द्रिय भेलाको समुदघाटन सत्रलाई सम्बोधन गर्दै युवा नेता थापाले नेपाली कांग्रेसलाई भतmपुरमा मादल बजाउने पार्टी नबुझन सरकारलाई चेतावनी दिएका छन् । 

पुर्व मन्त्री समेत रहेका थापाले संसदलाई आदेश दिने र अदालतलाई धमक्याउने सरकार जनताको हितमा हुन नसक्ने आरोप लगाए । 

देशलाई विप्लव, सिके राउत र पुर्वराजावाट अलिकति समेत खतरा नरहेको दावी गर्दै थापाले केपी ओलीले जे पनि गर्न सक्ने उदाहरणहरु प्रस्तुत गर्दै सर्तक रहन आग्रह गरेका छन् । 

विखण्डनको नारा लगाउने सिके राउतलाई तह लगाउन राष्ट्रवादी मधेशी जनतानै काफी रहेको तर्क गर्दै थापाले जनतालाई पुर्वाधारको विकासको सपना देखाएर शासन गर्ने र देशलाई बबाद गर्ने प्रधानमन्त्री ओलीवाट मुख्य डर रहेको बताए ।

आज देखि दुई दिन सम्म चल्ने नेपाली कांग्रेस सम्वद्व नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक टे«ड युनियनको दशौं केन्द्रिय भेलाले नयाँ नेतृत्व चयन गर्नुका साथै यही बैशाख १९ गते हुने आधिकारिक टे«ड युनियनको निर्वाचनको रणनिति समेत तय गर्ने छ ।

त्यसैगरी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संघीयता नरुचाएका व्यतिmले संघिय सरकारको नेतृत्व गरिरहेकाले देश द्वन्द्वमा फँस्ने खतरा रहेको बताएका छन् । निधीले संघीयता  विरोधी व्यतिm केपी ओली संघीय सरकारको प्रधानमन्त्री बन्नु भनेको मन्दिरमा मौलाना र मस्जिदमा पुरोहित बनाउनु जस्तै भएको टिप्पनी गरेका छन् । 

उपसभापति निधीले देशको संघियता, लोकतन्त्र र गणतन्त्र खतरामा रहेको दावी गर्दै प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार राष्ट्रवादी, लोकतन्त्रवादी, संघियतावादी, गणतन्त्रवादी र समाजवादी हुनै नसक्ने बताए । देशमा तिनतहमा रहेको ७ सय ६१ सरकार मध्ये ओली सरकार आफुलाई मात्र शतिmशाली ठानेर भ्रष्टाचारमा डुबेको उनको आरोप छ । 

उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई कमजोर बनाएर आफनो नेतृत्वको लगानी बोर्डलाई शतिmशाली बनाउदै ठुला आयोजनाहरुमा भ्रष्टाचार गर्ने प्रधानमन्त्रीको मनशाय रहेको बताउदै उनले प्रधानमन्त्री कार्यालयको नाम अब प्रधान भ्रष्टाचार कार्यालय राख्नुपर्ने धारणा राखेका छन् । 


तस्वीर : जनकपुरधाममा शुक्रवार आयोजित कार्यक्रममा नेता निधी र थापा । 





Views: 75