26th March | 2019 | Tuesday | 2:09:53 AM

मन्त्री हेरफेरको कुरा पत्रिकाको हल्ला : मन्त्री महासेठ

पुरन साह   POSTED ON : चैत्र १, २०७५ (१२:५७ PM)

मन्त्री हेरफेरको कुरा पत्रिकाको हल्ला  : मन्त्री महासेठ

जनकपुरधाम । संघीय सरकारको मन्त्रिपरिषद् हेरफेरका लागि सत्ता नेतृत्वकर्ता दल नेकपाका अध्यक्षद्वय छलफल गरिरहेको भन्ने समाचार आइरहेको  वेला मन्त्रिमण्डल फेरबदलको कुनै सम्भावना नरहेको भौतिक पुर्वाधार तथा यातायात विकास मन्त्री रघुविर महासेठलले दावी गरेका छन् । 

जनकपुरधामको बसहियामा आज बन्न गइरहेको दुधमती नदी पुलको शिल्यानास गर्दै मन्त्रि महासेठले मन्त्रीमण्डल फेरबदलको हल्ला केहि पत्रकारहरुको नियोजित समाचारको प्रभाव मात्र रहेको दावी समेत गरेका छन् । 

मन्त्री महासेठले मन्त्रीमण्डल हेरफेरको हल्ला वर्तमान सरकार बन्दा खेरिकै रहेको दावी गर्दै तत्कालै मन्त्रिपरिषद् फेरबदलको कुनै सम्भावना नरहेको दोहराएका थिए । सिके राउत नेपालको मुलधारको राजनीतिमा आउने भन्दै सरकारसंग ११ बुँदे सम्झौता गरेको दावी गर्दै मन्त्री महासेठले रातवाट सम्झौता विपरितका कार्यहरु जारी रहे विप्लव र राउतसंगको सरकारको व्यवहार एकैनासको हुने समेत बताए । 

मन्त्री मण्डलवाट बाहिरिने हल्ला चलिरहेकैवेला मन्त्री महासेठले धनुषामा आजै विभिन्न तीनवटा पुलहरुको शिल्यानास गरेका छन् । १२ करोडको लगानीमा धनुषाको बसहिया स्थित छ लेन सडकमा पर्ने दुधमती पुल, ११ करोडको लगानीमा धनुषाको गंगुली स्थित जल्लाद पुल र २१ करोडको लगानीमा बन्न गइरहेको धनुषाकै जटही स्थित जमुनी पुलको मन्त्री महासेठले आजै शिल्यानास गरेका हुन ।




Views: 91