26th March | 2019 | Tuesday | 2:11:40 AM

काठमाडौं खाल्डो तातेपछि सिंगो देश जुरुक्क उठ्छ – कमल थापा

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (१:१८ PM)

काठमाडौं खाल्डो तातेपछि सिंगो देश जुरुक्क उठ्छ – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्र्थापनाको संकल्प गरेका छन् । 

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले काठमाडौंबासीसँग हिन्दु राष्ट्र पुनस्र्थापना गराई छाड्ने संकल्प गरेका हुन् ।

भृकुटी मण्डपमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’

राप्रपा पटक पटक सरकारमा गएको मन नपराएको भन्दै अध्यक्ष थापाले अबदेखि सत्ताकेन्द्रीत राजनीति नगर्ने प्रतिबद्धता जनाए । ‘०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएका काठमाडौंबासीले २०७४ मा पछाडिको १३ हजार मात्र भोट दिए । पटक पटक सरकारमा गएको जनतालाई मन परेन् । म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।

उननले भने ‘म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ ।

‘विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दुख ब्यक्त गर्दै उनले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने दोहोर्याए ।

अर्को प्रसंगमा उनले वाइड बडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुन तस्करीजस्ता काण्ड राज्यकै संरक्षणमा भइरहेको आरोप लगाए ।

उनले भने ‘केही दिनअघि प्रधानमन्त्रीले विप्लव माओवादीलाई लुटेराहरुको संस्था हो भन्नुभयो । यसबारेमा सरकारमा बसेको तपाईलाई धेरै सूचना होला’ उनले भने ‘विप्लव कति लुटेरा हुन् होइन तपाई जान्नुस् । तर वाइडबडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुनकाण्डका वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै छन् । उनीहरुलाई कारवाही र प्रतिबन्ध लगाएर देखाउनुस् ।’

कांग्रेस कम्युनिष्टलगायतका दलले अब उप्रान्त कसैले हतियार उठाउनु नपर्ने बताउँदै राजतन्त्र फालेको बताउँदै उनले भने, फेरि त्यही कुरा दोहोरिन्छ भने किन राजतन्त्र फालियो भन्दै प्रश्न गरे ।


Views: 52