24th July | 2019 | Wednesday | 2:11:08 PM

नयाँ बर्षको शुभारम्भमा प्रधानमन्त्री ओलीद्धारा शुभकामना व्यक्त

हिमालय टाइम्स   POSTED ON : बैशाख १, २०७६ (८:११ AM)

नयाँ बर्षको शुभारम्भमा प्रधानमन्त्री ओलीद्धारा शुभकामना व्यक्त

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक सन्देश मार्फत उनले नयाँ बर्षले हरेक नेपालीको आशा उत्साह र अपेक्षालाई पूरा गरोस् भन्ने शभकामना व्यक्त गरेका छन् ।  


प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ


देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना ।


गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा ग¥यौँ । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरि आ–आप्mनो स्थानबाट सक्दो मेहेनत ग¥यौँ । आजको यो नयाँ बिहानीमा म, सबै नेपाली दिदीबहिनी÷दाजुभाइहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

गएको वर्ष नयाँ वर्षारम्भ गर्दा हामीले, कर्णालीको राराबाट विद्यालय भर्ना अभियानको आरम्भ गरेका थियौँ । त्यतिखेर मेरोमनमा प्रशस्तै प्रश्नहरु उठिरहेका थिए– 

यी स–साना नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल कसरी बनाउने ?

सुत्केरी व्यथालागेका यस्तै भूभागका आमाहरुलाई बचाउने पर्याप्त मानवीय र भौतिक संसाधनको जोहो कसरी गर्ने ? 

कर्णाली नदी र त्यससँगै गडगडाउँदै बगिरहेका अरु नदीहरुबाट बत्ती निकाली गाउँ÷बस्तीको अँध्यारो कसरी भगाउने ?


सिँचाइको अभावमा बाँझै रहेका यहाँका खेतबारीलाई हरियाली कसरी बनाउने ? 


अर्काेतिर म सोच्दै थिएँ– भर्खरै स्थापित संघीय शासन व्यवस्थाको जग कसरी बलियो बनाउने ?‘मुलुक बन्दैन, काम हुँदैन’ भन्ने नकारात्मक भावलाई ‘काम पनि हुन्छ– हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ’ भन्ने विश्वास कसरी जगाउने ?


आज हामी यस्ता प्रश्न गर्ने स्थितिबाट, प्रगति सुनाउने अवस्थामा आइपुगेका छौं । राज्यमा रहेको चरम बेथीतिलाई क्रमशः प्रणालीगत स्थायित्वमा विकसित गर्ने तहमा हामी पुगेकाछौं । संविधान अनुरुपको कानून निर्माण गरी, कानून बमोजिमको संरचनाको परिचालन गर्ने तहमा हामीहरु आइपुगेका छौं । 


संकेतमा भनौं–

संयुक्त राष्ट्रसंघीय वालकोष (युनिसेफ)ले हालै प्रकाशित प्रतिवेदन– ‘अ वल्र्ड रेडी टु लर्न’मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर८६ प्रतिशत रहेको र यो विश्वमै अगाडी भएको उल्लेख गरेको छ ।


लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र(राइजिङ्ग स्टार) भनेका छन् । 


विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेका छन् ।


मिश्रित निर्वाचन प्रणालीबाट स्थीर र बलियो सरकार निर्माण हुनुलाई नेपालीहरुको सुझबुझपूर्ण निर्णय र विकासप्रतिको तीब्र भोकको रुपमा लिएका छन् ।


मैले धेरैचोटी दोह¥याएको छु, संघीयता हाम्रो लागि विलकुल नयाँ अभ्यास हो । सञ्चालनमा चुनौति छन् । तर,यस शासन प्रणालीको सबै तहका सरकारहरु अहिले व्यवहारबाट सिक्दै, कमी÷कमजोरीलाई चिर्दै अघि बढ्दैछन् । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दैछ, आप्mनै भूमिमा उम्रिएको यो टुसा हुर्किंदैछ । मुलुकको आर्थिक÷राजनीतिक रुपान्तरणको यस प्रक्रियामा धैर्यतापूर्वक संलग्न हुने र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई म, शुभकामना तथा वधाई दिन्छु ।


गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदानगरे । त्यसैले हामीले,गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रातीब्र गतिका साथअघि बढाउँछौं । हामीले हाम्रा संपूर्ण स्रोत, साधन र प्रयासहरु यसैमा खर्चेका छौं । तर आप्mनो मात्रै स्रोत÷साधनबाट हाम्रा आकांक्षाहरु पूरा गर्न संभव नहुने भएकोले नै मित्रहरुसँगको सहकार्य खोजी गरेका हौं । त्यसै खोजीको शुरुवात लगानी सम्मेलनबाट ग¥यौं, जसले बाह्य पूँजी र प्रबिधि आमन्त्रण गर्नमद्दत पु¥याएको छ । यसपछिको अभियान, सक्षम जनशक्ति र किटान गरिएको लक्ष्य सहितको कामबाट अघि बढाइनेछ । 


दिदीबहिनी तथा दाजुभाइहरु,

कसैले निराशा पोख्न सक्छ– ‘यो एक वर्षमा के नै भयो र ?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं– यो वर्षके के भए ?

यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने ? कति संशोधन भए ?

कति किलोमिटर बाटो कालोपत्रे भयो ? कतिवटा पक्की पुल निर्माण गरियो ?

तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो ?

पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ ?

पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ ?

पहिले नचलेका कतिवटा विमानस्थलअहिले सञ्चलनमा आए ?नेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् ?


नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पा¥यो ? आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ ?

‘खोलौं बैंक खाता’ कार्यक्रम के हो ? यसले कसरी फाइदा पु¥याउँछ ?


काम र रोजगारीको अभियान कहाँ पुग्यो ?प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो ?


‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं शेयर किन्ने व्यक्तिलाई के कति लाभ हुन्छ ?


छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्रा्ष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ ?

मित्रहरु,

अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो । विकासको लागि सरकार के गर्दैछ त ? म ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जनताको जीवनमा आउँनेछन् । हाम्रा कामहरुले आप्mनो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार, तथ्य÷तथ्याङ्क सहित जवाफ दिन तयार छ ।


हाम्रो राष्ट्रिय आकांक्षा– ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रविन्दू जनता र धर्ती(पिपुल र प्लानेट) हो । जनताको जीवनलाई सहज र सुखी बनाउने, र हामी रहने धर्तीलाई सुरक्षित राख्ने । 


समृद्धि, सुखको आधार हो । सुख भनेको न्यायोचित जैविक र मानवीय आवस्यकताहरुको सहज उपलब्धता हो । उच्च र दीगो उत्पादन÷उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता, मानवीय पूँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो । समृद्धि अर्थात् सामजिक न्याय सहितको समुन्नति †


‘सुशासन, परिष्कृत तथा मर्या्दित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।


सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम÷कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन । 


            

            


Views: 92