24th July | 2019 | Wednesday | 2:40:50 PM

‘सरकार चुकेको वर्ष’

हिमालय टाइम्स   POSTED ON : बैशाख १, २०७६ (८:५९ AM)

‘सरकार चुकेको वर्ष’


काठमाडौं । वर्ष २०७५ लाई बिदा गरेर २०७६ लाई हामीले स्वागत गरिसकेका छौं । २०७५ सालमा देशले स्थिर सरकार पायो । राजनीतिक स्थिरतासँगै मुलुकमा विकास, रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरेका जनता भने वर्षदिन बित्दा नबित्दै निराश हुन थालेका छन् । जनस्तरमा मात्र होइन, राजनीतिक दलका नेतासमेत सरकारले गर्न सक्ने धेरै काम रहे पनि २०७५ मा सरकार चुकेको बताउँछन् । सरकारले गरेका राम्रा कामको चर्चाभन्दा वाइडबडीकाण्ड, निर्मला हत्याकाण्ड, ३३ किलो सुन तस्करी प्रकरणले यो वर्ष बढी चर्चा पाए ।

नेताहरूको नजरमा २०७५  

विभिन्न राजनीतिक दलका नेताले वर्ष २०७५ लाई आआप्mनै ढंगले समीक्षा गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सरकारले सफलतापूर्वक सम्पन्न गरेको लगानी सम्मेलनलाई देशले पाएको प्रमुख उपलब्धि मान्छन् । ‘सरकारले लगानी सम्मेलन सम्पन्न ग¥यो । लगानीका लागि वाचा आए यो देशका लागि महŒवपूर्ण उपलब्धि हो,’ उनले भने, ‘सरकारले गर्न सक्ने अझै धेरै काम थिए तर, आशाअनुसारको उपलब्धि हासिल भएन ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रदेशमा गएर प्रवचन दिनुभन्दा प्रदेशहरूको राजधानी र नामाकरण सम्पन्न गर्न समन्वय गरेको भए हुने उनको भनाइ छ । ‘शक्ति बाँडफाँडमा सन्तुलन गरेको भए, बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने वातावरण निर्माण गरेको भए हुन्थ्यो तर सरकार यसमा फेल भयो,’ उनले भने, ‘वाइडबडीकाण्ड र कर्मचारी समयोजनले पनि उपलब्धिहरूलाई ओझेलमा पा¥यो ।’ शक्ति केन्द्रीकृत गरेर सबल सरकार बन्न नसक्ने जिकिर गर्दै उनले ‘स्वस्थ सरकार, सबल सरकार’को नारा लिएर अगाडि बढ्न सरकारलाई सुझाब दिए ।

कांग्रेसकै अर्का नेता डा. मीनेन्द्र रिजाल देशले ठूलो अवसर गुमाएको बताउँछन् । ‘नयाँ सरकार, नयाँ संरचना देशका लागि धेरै गर्ने अवसर थियो,’ उनले भने, ‘कम्युनिस्ट सरकार सबैतिर चुक्यो । जनताले गरेका आशा निराशामा बदलिए ।’ अझै पनि सरकारलाई सच्चिने समय भएकाले मौकाले पाएको समय खेर नफाल्न उनी सुझाब दिन्छन् । 

प्रतिपक्षी दलका नेताहरूले मात्र होइन, सरकार धेरै ठाउँमा चुकेको सत्तारूढ दलकै नेताले समेत बताउँदै आएका छन् । वर्ष २०७५ मा सरकारले देशका लागि कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको नेकपाका नेता बेदुराम भुसाल बताउँछन् । ‘आस गरेजस्तो पाइएन, केही भएको पाइनँ मैले, योभन्दा के भनौं ? सोचेजस्तो नभएपछि प्रतिक्रिया पनि के दिनु ?’ उनले भने । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनीषकुमार सुमनले मधेसको राजनीतिमा सिके राउत समूह मूलधारको राजनीतिमा आउनु एक उपलब्धि भएको बताए । सरकार वर्ष दिनसम्म स्थिर रहनु, विदेशी मुलुकसँगको सम्बन्धमा केही चिसोपना आए पनि पछिल्लो समय सुधारको प्रयास हुनु सकारात्मक रहेको उनले बताए । 

स्थिर सरकारले गर्नसक्ने धेरै काम सम्पन्न भएको भन्दै उनी सरकारलाई ‘दिन कटुवा’ संज्ञा दिन्छन् । ‘राष्ट्रिय गौरवका आयोजना कुनै पनि सम्पन्न गर्न सकिएन, मेलम्ची आउने कुरा पनि कुरामै सीमित रहृयो, भ्रष्टाचार नियन्त्रणमा सरकार चुक्यो, पानी जहाजका सपना बेतुकमा बाँडिए,’ उनले भने । 

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला यो सरकारबाट निराशा मात्रै प्राप्त भएको बताउँछन् । ‘सरकार गठन हुँदा जनतामा देखिएका आशा निराशामा परिणत भएका छन्,’ उनले भने, ‘सुशासन, शान्ति सुरक्षा, विकास र समृद्धिका कुराहरूमा सरकारले निराशा मात्रै फैलाएको छ ।’ 

न्यायालयमा केही सुधारका संकेत देखिए पनि पछिल्लो समय न्यायाधीश नियुक्ति प्रकरणपछि न्यायालयप्रतिको आशासमेत मरेको उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि यति बलियो दुईतिहाइको सरकारले धेरै काम गर्नसक्ने अवस्था भए पनि त्यो अवसर सरकारले गुमाएको उनले बताए । 


Views: 113