24th July | 2019 | Wednesday | 7:51:48 AM

पोखरीमा डुबेर किशोरको मृत्यु

  POSTED ON : बैशाख २, २०७६ (१२:४० PM)

 पोखरीमा डुबेर किशोरको मृत्यु

 भरतपुर । पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए । उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस


Views: 81