24th April | 2019 | Wednesday | 9:32:56 PM

ओली सरकारले एक बर्षमा एक राम्रो काम गरेन : देउवा

डम्मर राज भट्ट   POSTED ON : बैशाख ३, २०७६ (१२:२४ PM)

ओली सरकारले एक बर्षमा एक राम्रो काम गरेन : देउवा

कञ्चनपुर । नेपाली काँग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बर्तमान ओली नेतृत्वको सरकारले एक बर्षमा एक पनि राम्रो काम नगरेको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षिय दलका नेता समेत रहेका काँग्रेस सभापति देउवाले सरकारले जनतालाई देखाउने काम नगरेको आरोप लगाए । मंगलबार प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारले हत्या, हिंसा, बलात्कारका घटना न्यूनिकरण गर्न नसकेको समेत बताए । ‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन, ‘देउवाले भने, ‘सरकारले बलात्कार हत्याराको संरक्षणमा लागेको छ ।’ 

दिनप्रतिदिन देशैभरी अपराधिक कृयाकलाप बढ्दै गएकोमा देउवाले चिन्ता व्यक्त गरे । सरकारले विदेशीको घुडा टिकेर काम गरिरहेको आरोप लगाउदै देउवाले चिनियाँ कम्पनीलाई बिना प्रतिस्पर्धा ठेक्का दिएकोप्रति रुष्टता प्रकट गरे । सुदूरपश्चिम विश्वविद्यालय लगायत प्राज्ञिक क्षेत्रमा समेत सरकारले हस्तक्षेप बढाएको भन्दै देउवाले शिक्षा क्षेत्र सरकारले धरासायी बनाउन उद्यत रहेको आरोप लगाए । प्रजातन्त्र बिना प्रेस स्वतन्त्रता नहुने भन्दै सभापति देउवाले त्यसका समेत सरकारले हस्तक्षेप गरिरहेको बताए । भ्रष्टाचार बढ्ेको भन्दै देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुख दिएको टिप्पणी गरे । सभापति देउवाले सरकारले वार्तामा माध्यमबाट नेकपा विप्लवलाई सहमतिमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

 गुटउपगुट कम्युनिष्टमा पनि रहेको बताउदै सभापति देउवाले पार्टीमा अन्र्तरघात गर्नेमाथी कार्बाही गरिने चेतावनी दिए । ‘पार्टीभित्र विषययत समिति बनाएर अन्तरघातीलाई कार्बाही गछौँ, ‘देउवाले भने, ‘यो प्रकृया शुरु भईसकेको छ ।’ पार्टीमा अनुशासन कायम गरेरै छाड्ने देउवाको भनाई छ । ‘मेरो काम काम नपचेरै बिरोध भईरहेको छ, ‘देउवाले भने, ‘आफु केही गर्न नसक्ने अरुले गर्दा बिरोध गरिहाल्ने प्रवृति पार्टीमा हावि छ ।’ लोकतन्त्र रक्षाका लागि काँग्रेसले फेरी एक पटक नेतृतव पाउनुपर्ने उनको भनाई छ ।


Views: 357