25th May | 2019 | Saturday | 2:46:12 AM

सरकारको गफ र हावादारी सपनाबाट समृद्धि आउँछ ? - अर्जुननरसिंह केसी

हिमालय टाइम्स   POSTED ON : बैशाख ९, २०७६ (१२:५३ PM)

सरकारको गफ र हावादारी सपनाबाट समृद्धि आउँछ ? - अर्जुननरसिंह केसी

रुपन्देही  ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने प्रष्ट पारेका छन् । अहिलेको सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको दाबि गरे ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको सोमबार भएको साक्षात्कारमा बोल्दै नेता केसीले भने ‘सत्तारुढ नेकपा दल मिलेपनि दील मिलेको छैन, योगेश जीहरुले त पुरानै एमाले मागी सक्नु भो ।’

लोकतन्त्रको आवरणमा सरकार सर्बसत्ताबाद र अधिनायकबादको बाटोमा गएको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले अहिलेको सरकारले संसदीय ब्यवस्था फेल गराउने पो हो की भन्ने चिन्ता लागेको सुनाए ।

‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गै सक्यो , अब  भोलीका दिनमा, सिंहदरबार,टुडिखेल कसरी सुरक्षित हुन्छ,जो सुकै भएपनि सरकारले ढृढताका साथ कारबाही गरोस् ।’

सरकार ३३ केजी सुन, बुढिगण्डकी,वाइडवढी, फोर जी ,बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णत फेल भएको उनको भनाइ छ । कसैले सरकारको बिरोधै गर्न नपाउने ,लेख्नै नपाउने,बोल्नै नपाउने लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपुरक हुन् ।’उनले भने ‘संचार बिधेयकले सूचना रोक्ने र देशलाइ संकुचन गर्ने काम गर्यो ।’

राष्ट्रिय सुरक्षा बिधेयकले राष्ट्रको हित गर्दैन सरकारले शैनिक परिचालन हुन सक्ने बाटो देखाएको छ । ‘प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएका छन्,अधिकार आफैमा केन्द्रित गरेर अधिनायकबादको यात्रामा लागे । ’ उनको आरोप छ ।गधा धोएर गाइ बन्दैन छर्लङ्गै छ ,सरकार अधिनायकबादको बाटोमा हिडेको छ ।’केसीले भने ।

कुनैपनि नेपालीले सहज नागरिकता पाउनुपर्छ,तर बिदेशीले नागरिकलाइ नागरिकता बाड्नु गलत हो,यस्मा राज्य संबेदनशील भएन,सर्बाेच्चले रोके ठिक गर्यो ,गृहको आदेश सर्बथा अनुचित थियो  ।

महाधिबेशन लम्बाइए कांग्रेस दुर्घटनामा फस्छ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता केसीले ब्याक्ति भन्दा पार्टि पार्टी भन्दा राष्ट्र ठूलो भएको बताए  ।

उनले ठिक समयमा महाधिबेशन हुनुपर्ने भन्दै आउने चैत्र, बैसाख वा जेठमा महाधिबेन गर्नैपर्छ ,म्याद थपिए कांग्रेस झन् कमजोर र दुर्घटनामा फस्छ’ ।जती ढिलो भयो त्यती समस्या हुने भन्दै अर्काे स्थानीय निर्बाचन हुने बेला र महाधिबेशन नजीक बनाउन नहुने प्रष्ट पारे । 

अहिले पार्टीको क्रियाशिलता नबिकरण ,नया बितरण,बुथ वडा निर्बाचन प्रकृया थालौं उनले सुझाव दिए ।कुनैपनि जिबन्त पार्टीमा गुट उपगुट हुन्छ,कांग्रेसको बिबाद जति सबै महाधिबेशनले सबै टुंगाउछ, बैचारिक पुर्नजागरण हुन्छ ।’ उनको धारणा छ । 

क्लवका रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

बुटवलमा प्रधानमन्त्रीलाइ कालोझण्डा देखाइएको प्रकरणमा बोल्दै केसीले ‘लोकतन्त्रमा  स्वागत, कालोझण्डा देखाउने सर्बाेपरि मान्यता हो,प्रधानमन्त्रीले हात मिलाएर के छ भाइ भनेर हिड्नुपर्थ्यो ।’


Views: 70