21st July | 2019 | Sunday | 4:17:26 PM

गाँजाका बोट नष्ट

भिम चौधरी   POSTED ON : बैशाख १३, २०७६ (१:०७ PM)

गाँजाका बोट नष्ट

कैलाली । लागुऔषधका सेवनकर्ताले समाजमा विकृति निम्त्याउन थालेको भन्दै यसको न्यूनीकरणका लागि धनगढीमा गाँजाका बोट नष्ट गर्ने अभियान थालेको छ ।

गाँजाको प्रयोग एवम् सेवनले हुने सम्भावित दुर्घटना रोकथामका साथै बढ्दो दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको अग्रसरतामा वडा नम्बर ५ का विभिन्न क्षेत्रमा रहेका गाँजा नष्ट गरिएको छ । 

अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका–५ हसनपुरका विभिन्न क्षेत्रमा व्यक्तिका बारी र बाटोका किनारमा उम्रीएका गाजा नष्ट गरिएको छ । 

वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहको कमाण्डमा खटिएका ८० जना प्रहरी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सदस्य, युवा शान्ति नेपालका स्वयम सेवक लगायतको सहभागितामा गाँजा बोट नष्ट सामुदायिक प्रहरी सेवा केन्द्र धनगढीका अध्यक्ष जनकराज पाण्डेले बताए ।

 अभियान अन्तर्गत पहिलो दिनमा हसनपुरका विभिन्न क्षेत्रमा गाँजा नष्ट गरिएपनि यसलाई निरन्तरता दिदै उपमहानगरपालिकाको अन्य वडामा समेत गाँजा नष्ट गरिने वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले बताए । धनगढी नगर क्षेत्र र आसपासमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएकाले अभियान सबै वडामा सञ्चालन गरिने प्रहरी निरीक्षक वकिल सिंहले बताए ।

यस क्षेत्रमा गाँजा खेती गर्ने चलन नभएपनि सडक छेउछाउ र बाँझो जग्गामा जताततै गाँजाका बोटहरू उम्रिने गरेका छन् ।


Views: 96

सम्बन्धित सामग्री:

साझा पार्टीद्वारा मनोनित

: श्रावण ५, २०७६ (१२:२७ PM)