27th June | 2019 | Thursday | 5:03:23 AM

नीति तथा कार्यक्रम निर्माणमा प्रधानमन्त्री ओली राति २ बजेसम्म सक्रिय

हिमालय टाइम्स   POSTED ON : बैशाख १९, २०७६ (१२:०३ PM)

नीति तथा कार्यक्रम निर्माणमा प्रधानमन्त्री ओली राति २ बजेसम्म सक्रिय

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । 

सरकार गठनको झण्डै १५ महिना बित्न लाग्दा सरकारका कामकारबाही बारेमा जनस्तरबाट आशातित उपलब्धि नभएको गुनासो बढेसँगै प्रधानमन्त्री ओली आफैं सक्रिय भएको हुन सक्ने अड्कल गरिएको छ ।

बुधबार राति २ बजेसम्म प्रधानमन्त्री आफैं बसेर यो वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएका छन् । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार यो वर्षको नीति तथा कार्यक्रम तयार पार्न ओली आफैं सक्रिय भएका थिए ।

‘सम्मानीय प्रधानमन्त्री ओलीज्यू हिजो राति दुई बजेसम्म आफैं खट्नुभएको छ । सबै तयारी भएर नीति तथा कार्यक्रम छपाईमा पठाईएको छ ।’–बालुवाटार स्रोतले भन्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।  


Views: 83