20th September | 2019 | Friday | 9:33:01 AM

प्रदेश–५ सरकार बजेट ल्याउनु भन्दा पहिले छलफलमा जुट्यो

चन्द्रकान्त खनाल   POSTED ON : बैशाख १९, २०७६ (५:४५ PM)

प्रदेश–५ सरकार बजेट ल्याउनु भन्दा पहिले छलफलमा जुट्यो

रुपन्देही  । प्रदेश नं ५ सरकारले बजेट ल्याउनु भन्दा पहिले  छलफल थालेको छ ।

प्रदेश योजना आयोगले प्रमुख आयोजना तथा कार्यक्रमहरुको ढाँचा तयार गरे संगै सांसदहरु छलफलमा जुटेका हुन् । आर्थिक बर्ष ०७६/०७७ का लागि ल्याउन लागेको बजेट अघि आवधिक योजना, बार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो ।

बुटवलमा  दुई दिनको कार्यक्रममा प्रदेश नं ५ का सांसद र आर्थिक विज्ञहरु सहभागि भएका छन् । २ दिन सम्म चल्ने बजेटको प्राथमिकता र क्षेत्रहरुका बारेमा छलफल हुनेछ । योजना आयोगले आर्थिक, सामाजिक, पुर्वधार, शुसासन र सुरक्षा तथा अन्तरसम्बन्धित क्षेत्र छुटटाएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमहरुमा पनि छलफल हुनेछ । 

पहिलो बर्षको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेका बेला ल्याउन लागिएको बजेट ८ महिनामै कार्यान्वयन हुने मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिए ।

साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठुला योजनामा लगाउनुपर्ने सांसदहरुको जोड छ । छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनाहरुलाई समेट्ने गरी बजेटमा योजनाहरुलाई प्राथमिकतामा राखिएको वताएका छन ।प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल जमिन र औद्योगिक विकास बाटै भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताए ।



Views: 88