23rd August | 2019 | Friday | 3:22:56 PM

प्रधानमन्त्रीले गलत शब्द प्रयोग गरेको भन्दै कांग्रेसले गर्यो संसदमा हंगामा

  POSTED ON : बैशाख २४, २०७६ (३:५१ PM)

प्रधानमन्त्रीले गलत शब्द प्रयोग गरेको भन्दै कांग्रेसले गर्यो संसदमा हंगामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत शब्द प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आपक्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेका थिए । यसलाई कांग्रेसले अप्रत्यक्ष रुपमा आफूमाथिको अभिव्यक्ति ठान्दै रेकर्डबाट हटाउन समेत सभामुखको ध्यानाकर्षण गराए ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले होहल्ला कै बीच जवाफ दिए । 

जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भनेका थिए ।

यसलाई लिएर कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाएका थिए ।

प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख कृष्णबहादुर महराले पटक पटक आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सांसदलाई बस्न अनुरोध गरेका थिए । तर, प्रमुख विपक्षी दल कांग्रेसका सांसद उभिरहेका थिए । यसैबीच प्रधानमन्त्री ओलीले बाँकी जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गराइएको थियो।



Views: 84