23rd August | 2019 | Friday | 3:06:13 PM

प्रधानमन्त्रीको भाषाले संसदीय गरिमा घटायो–कांग्रेस

हिमालय टाइम्स   POSTED ON : बैशाख २४, २०७६ (५:३५ PM)

प्रधानमन्त्रीको भाषाले संसदीय गरिमा घटायो–कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको छ। 

प्रमुख सचेतक बालकृष्ण खाडद्धारा जारी विज्ञप्तिमा कांग्रेसले राष्ट्रपतिद्वारा सम्बोधन गरिएको बार्षिक नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभा वैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्या्दित र गैर संसदीय भाषा बोलेको भन्दै आपक्ति जनाएको हो । 

कांग्रेसले सभामुखले गरिमामय ढंगले संसद सञ्चालन नगरेको आरोप समेत लगाएको छ । गैर संसदीय एवं संसदको गरिमा घट्ने खालका अमर्या्दित शब्दहरु संसदको रेकर्डबाट तुरुन्त हटाउनुपर्ने माग कांग्रेसले गरेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनु अघि प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेका थिए । 


Views: 102