20th July | 2019 | Saturday | 9:50:17 AM

खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रियो – वरिष्ठ नेता पौडेल

  POSTED ON : बैशाख २५, २०७६ (३:२३ AM)

खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रियो – वरिष्ठ नेता पौडेल

रामेछाप । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी्भित्र एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको बताएका छन् ।  

उनले भने, “तपाईंहरु देउवा पनि नबन्नुस् तपाईहरु पौडेल पनि नबन्नुस्, तपाईहरु केवल नेपाली काङ्ग्रेस भन्नुस् ।” वर्तमान सरकार अराजकतर्फउन्मुख भएको उनले आरोप लगाए । । 

नेपाली काङ्ग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको शववाहन हस्तान्तरण गर्न रामेछाप बजारमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले अहिले प्रदेश र स्थानीय सरकारको अधिकार खोसी केन्द्रिकृत शासन सत्ता लाद्न खोजिएको आरोप लगाए ।  पार्टीका केन्द्रीय सदस्य रामशरण महतले सरकारले पूर्वसरकारले ल्याएको कार्यक्रम आफ्नो कार्यक्रम भन्दै जनतालाई झुक्याइरहेको आरोप लगाए ।  


Views: 94