27th June | 2019 | Thursday | 5:07:54 AM

नेकपाका शीर्ष नेता बालुवाटारमा

  POSTED ON : बैशाख २५, २०७६ (७:२३ AM)

नेकपाका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु बालुवाटारमा भेला भएका छन् ।

स्रोतका अनुसार शीर्ष नेताहरु पार्टीको सांगठनिक एकता टुँगो लगाउनेगरि छलफलमा जुटेको बुझिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालसँग आज विहान एक्लाएक्लै भेटवार्ता भएको स्रोतले बतायो ।

त्यसपछि, सचिवालय सदस्यहरुसँग छलफल प्रारम्भ गरेका छन् । स्रोतकाअनुसार भोलि भियतनाम र कम्बोडिया जानुअघि नै एकताको बारेमा ठोस निश्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीको चाहना छ ।


Views: 78