24th August | 2019 | Saturday | 12:21:17 AM

नेपाल र कम्बोडियाबीच व्यापार तथा लगानी सम्बन्धी सहमति

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७६ (४:४८ PM)

नेपाल र कम्बोडियाबीच व्यापार तथा लगानी सम्बन्धी सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यति बेला कम्बोडियाको औपचारिक भ्रमणमा छन् । उनको यो भ्रमणलाई द्धिपक्षीय सम्बन्ध र व्यापार विस्तारको योजनाका रुपमा हेरिएको छ ।

  यसैबीच नेपाल र कम्बोडियाका बीचमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा र्पुयाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका थिए ।


Views: 99