25th May | 2019 | Saturday | 3:06:44 AM

कांग्रेस निकट कर्मचारीबाट उद्योग मन्त्री मातृका यादवको कार्यकक्षमै हातपात

हिमालय टाइम्स   POSTED ON : जेठ १, २०७६ (१२:४८ PM)

कांग्रेस निकट कर्मचारीबाट उद्योग मन्त्री मातृका यादवको कार्यकक्षमै हातपात

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्।

सरुवाको विषयलाई लिएर विवाद हुँदा उनीहरुबीच हातपात  भएको हो ।

बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८र१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहालको अवस्था बनेको थियो।  

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।


Views: 74