20th September | 2019 | Friday | 9:42:08 AM

कांग्रेसले बनायो छाया सरकार

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७६ (१२:१३ PM)

कांग्रेसले बनायो छाया सरकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको १५ महिनापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको सोमबार छाया सरकार गठन गरेका हुन् । 

सरकारका कामकारबाहीको नजिकबाट मूल्यांकन गर्न र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न मन्त्रालयस्तरीय समन्वय समिति गठन गरिएको कांग्रेसले जनाएको छ । संसदीय दलको विधानमा गरिएको व्यवस्थाअनुसार छायाँ सरकारका रूपमा क्रियाशील रही कार्य सम्पादन गर्न सभापति देउवाले मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 

कांग्रेसले सांसदहरूलाई संयोजक तोकेर छाया सरकारका मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । जिम्मेवारी पाएका सांसदहरूलाई संयोजक भनिएको छ । संयोजकको अतिरिक्त सदस्य पनि तोकिएका छन् । ती सांसदहरूले कार्य सम्पादन गर्नका लागि मन्त्रालयस्तरीय समन्वय समितिको नेतृत्व गर्नेछन् । 

सरकारका समानान्तर मन्त्रालयको निगरानी गर्न उनीहरूले संयोजक भएर भूमिका खेल्ने बताइएको छ । समानान्तर मन्त्रालयको कामकारबाहीको निगरानी गर्नु उनीहरूको मुख्य काम हुनेछ ।

गत पुस २४ गते बसेको कांग्रेस संसदीय दलको बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो । बैठकले छाया सरकारका लागि मन्त्रालय रोजेर नाम पेस गर्न संसद्हरूलाई आग्रह गरेको थियो । आन्तरिक किचलोका कारण छाया सरकारका लागि सांसदहरूले नै नाम ढिलो गरी संसदीय दललाई उपलब्ध गराएका थिए । 

केपी शर्मा ओली नेतृत्वको सरकार गठनलगत्तै छाया सरकार गठनको घोषणा गरेको कांग्रेसले १० महिनापछि मात्रै छाया सरकार गठनका लागि औपचारिक निर्णय गरेको थियो । औपचारिक निर्णय गरेको ५ महिनापछि सभापति देउवाले छाया सरकार गठनलाई अन्तिम रूप दिएका हुन् ।

तत्कालीन एमालेले पनि बनाएको थियो छाया सरकार

छाया सरकारको कुनै कार्यालय र तलबभत्ताको सुविधा भने हुँदैन । सरकारका काम कारबाहीलाई नजिकबाट नियालेर खबरदारी गर्नु नै छाया सरकारको मुख्य दायित्व हो । वेस्टमिन्स्टर प्रणाली रहेका विश्वका थुप्रै मुलुकले छाया सरकारको अभ्यास गर्दै आएका छन् । नेपालमा २०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदा तत्कालीन नेकपा एमालेले छाया सरकारको अभ्यास गरेको थियो । 

तत्कालीन समयमा संसदीय दलका उपनेता रहेका नेता सिपी मैनालीले संसद्को कमान्ड सम्हालेका थिए भने मनमोहन अधिकारीले छाया सरकार प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । उक्त छाया सरकारको गृहमन्त्रीमा अहिलेका प्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली थिए भने छाया स्वास्थ्यमन्त्रीको जिम्मेवारी वंशीधर मिश्रले सम्हालेका थिए । कृषि, वन, जलस्रोत, प्राकृतिक स्रोतसाधन हेर्नेगरी छाया कृषिमन्त्रीको जिम्मेवारी केशव बडाललाई दिइएको थियो । छाया अर्थमन्त्रीको जिम्मेवारी भरतमोहन अधिकारीले पाएका थिए ।

अस्ट्रेलिया, बहमास, क्यानडा, आयरल्याण्ड, इटाली, जमैका, जापान, लिथुआनिया, मलेसिया, न्युजिल्यान्ड, पोल्यान्ड, सर्बिया, श्रीलंका, स्लोभेनिया, सोलोमन आइल्यान्ड, दक्षिण अफ्रिका, थाइल्यान्ड, युक्रेन, बेलायत, स्कटल्यान्डलगायत मुलुकले आजपर्यन्त छाया सरकारको अभ्यास गरिरहेका छन् । 

संसदीय व्यवस्थामा प्रतिपक्षमा रहेको पार्टी ‘गभर्मेन्ट इन वेटिङ’ रहेकाले उसका सदस्यलाई मन्त्रिपरिषद्मा पारंगत बनाउन, परिणाममुखी कार्यसम्पादन गर्न सक्षम बनाउनसमेत छाया सरकारले सघाउ पु¥याउने विश्वास विश्वका अभ्यासले देखाउछ ।

छाया सरकारमा जिम्मेवारी बाँडफाँट

ऊर्जा, जलस्रोत तथा सिँचाइ

(१) ज्ञानेन्द्र बहादुर कार्की, संयोजक

(२) सत्यनारायण खनाल 

(३) ज्ञानकुमारी छन्त्याल

परराष्ट्र मन्त्रालय

(१) डा. नारायण खड्का, संयोजक

(२) डा. अमेरशकुमार सिंह

(३) दिव्यमणि राजभण्डारी

अर्थ मन्त्रालय

(१) डा. मीनेन्द्र रिजाल, संयोजक

(२) मीना पाण्डे

(३) विनोदकुमार चौधरी

गृह मन्त्रालय

(१) दिलेन्द्रप्रसाद बडू, संयोजक

(२) रमेशजंग रायमाझी 

(३) महेन्द्रकुमारी लिम्बू

सहरी विकास मन्त्रालय

(१) उमाकान्त चौधरी, संयोजक

(२) मीनाक्षी झा 

(३) रामबहादुर विष्ट

युवा तथा खेलकुद मन्त्रालय

(१) किशोर सिंह राठौर, संयोजक

(२) रंगमती शाही

(३) दुर्गाप्रसाद उपाध्याय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

(१) मीनबहादुर विश्वकर्मा, संयोजक 

(२) विन्दादेवी आले राना

(३) कर्मा घले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

(१) गगनकुमार थापा, संयोजक

(२) उमेश श्रेष्ठ 

(३) नमिताकुमारी चौधरी

खानेपानी मन्त्रालय

(१) सुजाता परियार, संयोजक

(२) मीना सुब्बा 

(३) नागेन्द्रकुमार राय

स्वास्थ्य तथा जनसंख्या 

(१) पार्वता डि.सी. चौधरी, संयोजक

(२) सीताराम महतो

(३) मोहन आचार्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

(१) देवेन्द्रराज कँडेल, संयोजक 

(२) प्रकाश स्नेही रसाइली

(३) प्रमिला राई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

(१) डा. डिला संग्रौला पन्त, संयोजक

(२) प्रकाश पन्थ

सञ्चार तथा सूचना प्रविधि

(१) बहादुर सिंह लामा, संयोजक

(२) सूर्यबहादुर केसी

(३) विमला नेपाली

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 

(१) लक्ष्मी परियार, संयोजक

(२) प्रमोदकुमार यादव 

(३) स्मृति नारायण चौधरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

(१) अतहर कमाल मुसलमान, संयोजक

(२) तेजुलाल चौधरी

(३) धनकुमारी खतिवडा

कृषि तथा पशुपक्षी मन्त्रालय

(१) पद्मनारायण चौधरी, संयोजक

(२) अनिता देवकोटा

(३) सरवत आरा खानम हलुवाइनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

(१) उमा रेग्मी, संयोजक

(२) लालकाजी गुरुङ 

(३) हिरा गुरुङ

रक्षा मन्त्रालय

(१) भीमसेनदास प्रधान, संयोजक 

(२) अभिषेक प्रताप शाह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

(१) सञ्जयकुमार गौतम, संयोजक

(२) जिप छिरिङ लामा 

(३) देवप्रसाद तिमिल्सिना

वन तथा वातावरण मन्त्रालय

(१) राजेन्द्रकुमार केसी, संयोजक

(२) मुक्ताकुमारी यादव

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

(१) राधेश्याम अधिकारी, संयोजक


Views: 95