19th September | 2019 | Thursday | 9:30:07 PM

राजधानी काठमाडौंको दुई स्थानमा विस्फोट–आठ जना घाइते

  POSTED ON : जेठ १२, २०७६ (५:३७ PM)

राजधानी काठमाडौंको दुई स्थानमा विस्फोट–आठ जना घाइते

काठमाडौं । काठमाडौंका दुई स्थानमा ग्यास सिलिन्डर विस्फोट  भएका छन्  ।

विष्फोटमा परि ८ जना घाइते भएका छन् । सुकेधारामा आइतबार दिउसो  विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

बुढानिलकण्ठ नगरपालिका–४ सुकेधारास्थित एक सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

घाइतेमध्ये पाँच जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि आजै अनामनगरस्थित घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको छ । घट्टेकुलोमा भएको सिलिन्डर विस्फोटमा २ जना घाइते भएको प्रहरीले बतायो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Views: 104