24th July | 2019 | Wednesday | 8:08:44 AM

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

रासस/एएनआई   POSTED ON : जेठ १३, २०७६ (७:२९ AM)

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

जेनेभा । भारतको पतञ्जलि आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा ‘स्वास्थ्यसेवासम्बन्धी युएनएसडिजी १० सर्वाधिक प्रभावशाली पुरस्कार’ प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतञ्जलि समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् । पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेप्रति आपूmले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गरेका छन् । जेनेभामा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (युएनएसडिजी) सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्तामा ¥यान्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण छन् । योगगुरु रामदेवले उक्त सम्मानबाट पतञ्जलिको अभियान निकै महŒवपूर्ण रहेको छ भन्ने देखिएको बताइएको छ ।

भारतको हरिद्वारमा आयोजित एक कार्यक्रममा रामदेवले भने, ‘आचार्य बालकृष्णलाई भारतको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो । विश्व स्वास्थको पछिल्लो परिदृश्यमा जीवनशैलीसँग जोडिएका रोगलाई कसरी योग, आयुर्वेद र परम्परागत भारतीय विधिका माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा पतञ्जलिले महŒवपूर्ण योगदान गरेको छ ।’ पतञ्जलिले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरू उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतञ्जलि आयुर्वेद कम्पनी खोलेका थिए ।


Views: 44