23rd August | 2019 | Friday | 3:02:33 PM

विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध – गृहमन्त्री थापा

  POSTED ON : जेठ १३, २०७६ (१२:१४ PM)

विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध – गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

गृहमन्त्री थापाले सोमबार प्रतिनिधिसभा संसदमा सार्वजनिक महत्वको विषयमा यस्तो बताएका हुन् ।

गृहमन्त्रीले काठमाडौंमा भएका छुट्टाछुट्टै विष्फोटमा परी मृत्यु भएकाहरु चारैजना प्रतिवन्धित समूह नेकपाका कार्यकर्ता भएको बताए । 

सोमबार राजधानीको दुई ठाउँमा भएको विस्फोटका विषयमा उनले भने, “विष्फोटमा नागरिकको मृत्यु भएको छैन, समूहसँग सम्बद्धको मृत्यु भएको छ । घाइतेहरु पनि अधिकांश समूहसँग आवद्ध छन् ।’’

गृहमन्त्री थापले केही समययता नेकपा विप्लव समूहले संविधानको विरूद्ध, राज्य व्यवस्थाको विरूद्ध, गैरकानुनी, संविधान विरोधी, शान्ति विरोधी गतिविधि गर्दैं आएको बताए ।


Views: 100