19th September | 2019 | Thursday | 8:47:14 PM

लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन–मन्त्री पण्डित

हिमालय टाइम्स   POSTED ON : जेठ २८, २०७६ (५:३८ PM)

लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन–मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कारण नरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा मन्त्री पण्डितले विज्ञापनका सम्बन्धमा संवैधानिक प्रश्न उठेमा त्यसको न्याय निरुपण गर्ने काम सर्वोच्च अदालतले गर्ने पनि बताए ।

संचार केन्द्र,नेपाल द्वारा आयोजित लोकसेवा आयोगले थालेको परीक्षा र राज्य व्यवस्था समितिको निर्णयले सृजना गरेको अन्यौलता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती समेत दिएका छन् ।

संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, तथा त्यसको मूल्य र मान्यताको आधारमा विज्ञापन खुलाइएको उनले बताए । उनले विज्ञापन समावेशी छैन भन्ने आरोप सरासर झुटो भएको बताए ।

सोमबार संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।

प्रदेश लोकसेवा आयोग गठन भइनसकेको बेला स्थानीय तहको माग अनुसार संघीय लोक सेवा आयोगले कर्मचारी छनौटका लागि विज्ञापन खुलाउन सक्ने संवैधानिक र प्रावधान रहेको मन्त्री पण्डितले जिकिर गरे ।

उनले संसदको राज्य व्यवस्था समितिले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती समेत दिए ।


Views: 107