काठमाडौं । विवादास्पद गुठी विधेयकबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसद तथा प्रदेश सभा सदस्य, मेयर, उपमेयर र वडाध्यक्षसँग छलफल गरेका छन्।
विधेयकका विषयमा विरोध तथा प्रदर्शन चर्कदै गएपछि प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाएका हुन् । युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका ओलीले सोमबार विहानैदेखि गुठी विधेयकका विषयमा छलफल तथा परामर्श गरे ।
प्रधानमन्त्री ओलीले आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याइने बताएका थिए ।
गुठी विधेयकबारे प्रधानमन्त्री ओलीलाई भेट्नुअघि काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
समाचार स्रोतका अनुसार सरकारले गुठी विधेयक फिर्ता लिन सक्ने बुझिएको छ ।
Views: 133