21st October | 2019 | Monday | 11:43:28 PM

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओली पत्रकार सम्मेलन गर्दै

  POSTED ON : असार ३, २०७६ (२:१६ PM)

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओली पत्रकार सम्मेलन गर्दै

काठमाडौं । आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रमुख विपक्षीको अवरोध गर्दै संसदमा सम्बोधन गर्न नलिएपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

मंगलबार संसदमा सम्बोधन गर्न रोष्टममा पुगिसकेका बेला विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए ।

साँझ पत्रकार सम्मेलनमा सार्वजनिक महत्वका विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भने “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।”

प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी काँग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो ।

 


Views: 126