20th July | 2019 | Saturday | 8:53:10 AM

५१औं दिनमा दालभात तरकारी

हिमालय टाइम्स   POSTED ON : असार १०, २०७६ (७:३७ AM)

५१औं दिनमा दालभात तरकारी

काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । गत वैशाख २० गतेबाट प्रदर्शन सुरु भएको यो चलचित्रले राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण हलमा ५१आंै दिन मनाएका हुन् ।

सुदन केसीले निर्देशन गरेको यो चलचित्र टिमले आइतबार राजधानीमा ५१आंै दिन पुगेको अवसरमा सेलिब्रेशन कार्यक्रम गरेको छ । उक्त अवसरमा निर्माण टिमले प्राविधिकलाई बोनस र प्रमाणपत्र प्रदान गरेको छ । 

कार्यक्रममा कलाकार, हल सञ्चालक, वितरक र प्रायोजकलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । वितरक कम्पनी एफडी कम्पनी र विके फिल्मस्ले संयुक्तरूपमा निर्देशक सुदन केसीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । यस्तै चलचित्रकी नायिका आँचल शर्मालाई निर्माण टिमले आइफोनको लेटेस्ट भर्सन दियो ।

निर्माता किरण केसीले आँचलले फिल्मले ५१ दिन मनाएको खण्डमा आफूलाई आइफोन दिनुपर्ने भनेकाले प्रदान गरेको बताए । चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, शिशिर बाङ्देल, मोहितवंश आचार्यलगायत कलाकारको अभिनय छ । अमेरिका मोहले ग्रसित एक परिवारको कथामा फिल्म आधारित छ । 


Views: 38