20th July | 2019 | Saturday | 9:18:52 AM

कांग्रेसलाई ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न मन्त्री बाँस्कोटको आग्रह

  POSTED ON : असार २६, २०७६ (२:२० PM)

कांग्रेसलाई ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न मन्त्री बाँस्कोटको आग्रह

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द ’विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् । 

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’

उनले सो समूहको हिंसात्मक गतिविधिको सहारामा कांग्रेसले सरकारमाथि प्रश्न उठाउँदै आएको भन्दै दृष्टिकोण स्पष्ट गर्न आग्रह समेत गरे ।  प्रतिपक्षले सरकारले हिंसाविरुद्ध कदम चाल्दा विरोध गरेकोप्रति उनले आपत्ति जनाए। 

भोजपुरमा चन्द समूह र प्रहरीबीच भएको झडपमा बुधबार दुवै पक्षका एक–एक जनाको मृत्यु भएको थियो । 

मन्त्री बाँस्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याबारे गर्न संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखे । 

कांग्रेसले पौडेल हत्याबारे छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै संसद बैठकमा अवरोध गर्दै आएको छ ।


Views: 73