20th July | 2019 | Saturday | 8:49:57 AM

चन्द नेतृत्वको नेकपाले भोजपुर गोलीकाण्डबारे सार्वजनिक गर्यो धारणा

हिमालय टाइम्स   POSTED ON : असार २६, २०७६ (२:५० PM)

चन्द नेतृत्वको नेकपाले भोजपुर गोलीकाण्डबारे सार्वजनिक गर्यो धारणा

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ । सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट बिहीबार विज्ञप्ति जारी गरेर नेकपाले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको हो । 

विज्ञप्तिमा प्रहरी जवान सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ । भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव राईको पनि मृत्यु भएको थिए ।

गत जेठ ७ गते भोजपुरको टेम्के मयुम गाउँपालिका–२ दलसिंगेमा हिँडिरहेका बेला गिरफ्तार गरेर आफ्नो पार्टीका कार्यकर्ता तिर्थराज घिमिरेलाई चरम यातना दिएर हत्या गर्ने प्रहरी टोलीमा रहेका जवान सञ्जिवसँग बुधबार जम्काभेट हुँदा निरकुमारको प्रतिरोधका क्रममा मृत्यु भएको नेकपाले प्रष्ट्याउन खोजेको छ ।    

षडानन्त नगरपालिका– १३ गोयामा रहेको घरमा परिवारलाई भेटेर फर्किने क्रममा उक्त घटना भएको बताइएको छ । निरकुमारनेकपाको सगरमाथा ब्यूरो सदस्य तथा ओखलढुंगा जिल्ला समितिको सेक्रेटरीको जिम्मेबारीमा रहेका पनि विज्ञप्तिमा उल्लेख छ ।  


Views: 66