19th October | 2019 | Saturday | 8:50:24 AM

बाढीको पीडा नसकिँदै जनप्रतिनिधिलाई नगरसभाको चटारो

अनिल पोखरेल   POSTED ON : श्रावण १, २०७६ (५:५३ PM)

बाढीको पीडा नसकिँदै जनप्रतिनिधिलाई नगरसभाको चटारो

राजविराज ।  बाढीपीडितलाई खान, बस्न र जीविका चलाउनसमेत समस्या भइरहेका बेला जनप्रतिनिधिलाई भने नगरसभाको चटारोले छोपेको छ । बाढीपीडितको राहत र उद्धारमा खटिनुपर्ने समयमा सप्तरीका स्थानिय तहहरुलाई  नगरसभाको चटारोले सताएको छ ।

सप्तरीकै पहिलो राजविराज नगरपालिकामा व्यापक भ्रष्टाचार भईरहेको बेला वडा सदस्यहरुले नगरसभा वहिष्कार गर्दै आन्दोलनमा उत्रेका छन् ।

नगरपालिकाको कार्यशैली एवम् नीति तथा कार्यक्रमको प्रक्रिया विरुद्ध असन्तुष्ट १४ जना सदस्यले एक प्रेस विज्ञप्ती जारी गर्दै परिषद् वहिष्कार गरेको छ ।

उता सप्तरीकै कान्छो गनरपालिकाका रुपमा रहेको सप्तकोशी नगरपालिकाकाका  बाढीकै बेलामा नगर सभा सम्पन्न गरेको छ । किन हतारो?’ भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत वासुदेव रेग्मीले अगाडि तयारी नपुगेको र असारभित्रै सभा गर्नुपर्ने बाध्यताले तयारीमा लागिएको प्रतिक्रिया दिए ।

जनप्रतिनिधि भएका ठाउँमा कर्मचारीले धेरै अगाडि बढेर काम गर्नु पनि अनुपयुक्त हुने भएकाले समस्या समाधानका लागि आफूले प्रयास गर्ने उनको भनाइ छ ।

 वर्षापछिको बाढी तथा डुवानका कारण जिल्लामा ३ हजार ५ सय २ घर डुवानमा परेका छन् ३ सय भन्दा बढी घर परिवार बिस्थापित भएका छन् ।

त्रियुगा नदीको बाढीले गाउँनै डुवाए पछि सप्तरीको सप्तकोशी नगरपालिकामाा बाढीपीडितको विचल्ली भएको छ ।

त्रियुगा नदी वस्तीको बीच भागबाट बगेका कारण सामान्य अवस्थामा समेत उनीहरुको गाउँ पुग्न उदयपुरकै बाटो भएर जानुपर्ने अवस्था छ ।

आश्रय स्थलमा आधा दर्जन गर्भवती र ५० जना बालबच्चा, अधिकांश बिरामी आश्रय स्थलमा आधा दर्जनभन्दा बढी गर्भवती र ५० बालबालिका छन्। अधिकांशमा पेट दुख्ने, पखला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ । शुद्द खानेपानी नपाएर पनि धेरैलाई रुघाखोकी र पखालाको समस्या देखिएको मोहम्मद उसमान मिय बताउँछन् ।

सामुदायिक भवनको आश्रयस्थलमा ५० बालबच्चासहित २ सय ३१ जना कष्टकर जीवनयापन गरिरहेका छन ्। बाढीपीडितलाई दैनिक पेट पाल्नलाई समेत समस्या भइरहेको उसमानले जानकारी दिए। ‘तीन दिनदेखि चिउरा र मुरही (भुजा)को भरमा बालबच्चाको ज्यान जोगाएका छौं,’ उनले भने, ‘अव त मुख पाछेर खान पनि नसक्ने अवस्था आयो ।’

  लगातारको बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएका छन् ।

    उता खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किदा गाउँपालिकाको वडा नं. १ जलमग्न हुदा  । त्यहाँको करिब ८ सय घर डुबानमा थिए ।

    यसैगरी जिता, महुली र कोशी नदीको बाढीका कारण वडा नं. ४ कोइलाडी, वडा नं. ५ को. बर्साइनका बासिन्दाहरु प्रभावित भएका हुन् । खाँडो नदीमा अत्यधिक बाढी रहेको कारण बाँध मर्मत सम्भार गर्न सकिएको छैन ।

    यता वडा नं. ३ सकरपुरामा भत्किन लागेको खाँडो नदीको बाँधलाई स्थानीययुवाहरु दामोदर मुखिया, उग्रकान्त झासहितकाले बाँध मर्मत गरी भत्काउनबाट जोगाएका छन् । उनीहरुलाई गाउँपालिकाबाट तीन हजार बोरा र जाली उपलब्ध गराइएको छ ।

    यता वडा नं. २ लौनियाँमा भत्किन लागेको बाँधलाई स्थानीय वडाअध्यक्ष खगेन्द्र मण्डलको अगुवाईमा युवाहरुले बाँध भत्किनबाट जोगाएका छन् । गाउँपालिकाले दिएको बोरा र जालीबाट बाँध भत्किनबाट उनीहरुले जोगाएका हुन् ।

    गाउँपालिकाको कार्यालय समेत डुबानमा परेको छ । कार्यालय भित्र पानी नपसेपनि परिसरमा तीन फिटसम्म बाढीको पानी रहेको छ । कार्यालयको सामान तथा कागजपत्रहरु सुरक्षित तरिकाले राख्न आवश्यक तयारी गरिएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीको कारण भत्किएको छ


Views: 113