18th August | 2019 | Sunday | 2:34:00 AM

क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्रीद्वारा समवेदना

  POSTED ON : श्रावण ३, २०७६ (१:२० PM)

क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेशन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गरेका छन् । 

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । 

कला र सृजनाको लोकप्रियस्थल क्योएनिमा भएको अमानवीय आक्रमणबाट आफू स्तब्ध एवं चकित भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले दोषीलाई कानूनको कठघरामा उभ्याइनेमा आफू विश्वस्त रहेको बताएका छन् । क्योएनिमा बिहीबार बिहान भएको आगजनीमा परी ३३ जनाको मृत्युुु हुुनुका साथै ३६ जना घाइते भएका थिए ।


Views: 67