18th August | 2019 | Sunday | 2:29:28 AM

चट्याङ्बाट तीनसहित सप्तरीमा एकैदिन पाँच जनाको मृत्यु

अनिल पोखरेल   POSTED ON : श्रावण ७, २०७६ (३:१५ PM)

चट्याङ्बाट तीनसहित सप्तरीमा एकैदिन पाँच जनाको मृत्यु

राजविराज ।  विभिन्न घटनाको कारण मंगलवार  सप्तरीमा ५ जनाको ज्यान गएको छ ।

मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित र  तिलाठि कोईलाडी गा.पा. १ बस्ने  वर्ष १५ की पुनम यादव रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

खेतमा काम गरिरहेको अवस्थामा चौधरी र यादवको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पुरयाएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

 सवारी दुर्घटना खडक न.पा. ७ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ५९८२ न.को हायसले बिपरीत दिशा बाट आउदै गरेको स १ प ९७६९ न.को मो.सा.लाई ठक्कर दिदा  खडक न.पा. ६ बस्ने बर्ष ५५ को कारी साह घाईते भई उपचारको लागि स्थानीय एडभान्स अस्पताल कल्याणपुरमा उपचार गराए पश्चात थप उपचारको लागि बिराट नर्सिङ  होम बिराटनगर लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ  भनृ सवारी साधन र चालक प्रहरीको नियन्त्रण हरको छन ।

आफ्नै घरको तार जोडने क्रममा करेन्ट तिलाठी कोईलाडी गा.पा. १ कामत टोलकी करेन्ट लागेर  ३५ वर्ष  की रानीदेवी कामतको मृत्यु भएको उपरीक्षक रिमालले जानकारी दिए ।

 


Views: 57