25th August | 2019 | Sunday | 6:37:23 PM

कांग्रेस र राजपाले गरे संसद बैठक अवरुद्ध ( LIVE)

  POSTED ON : श्रावण १३, २०७६ (१:३० PM)

कांग्रेस र राजपाले गरे संसद बैठक अवरुद्ध ( LIVE)

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।

 सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका हुन् । सर्लाहीमा प्रहरीको गोली लागी २ नागरिकको हत्या भएको विषयमा छानविनका लागि संसदीय समिति गठनको माग उनीहरुले गरिरहेका छन् ।  

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरे ।


Views: 256