15th September | 2019 | Sunday | 8:52:07 PM

माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

श्याम घिमिरे   POSTED ON : भदौ ६, २०७६ (५:३६ PM)

 माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

अघाँखाँची । रामबाण गुल्मले माईन जोखिम सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले सन्धिखर्कमा रहेका युवाबर्ष रविचित्र जनता मावि हटारीनेटा र भगवती मावि शंखेटारीमा अध्ययनरत करीब ३ सय ३५ जना विद्यार्थीहरुलार्ई माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा गुल्मका उपसेनानी गोकुल जंग थापाले माईन रिक्स एजुकेशन सम्बन्धी बिशेष कक्षाको सहजीकरण गरेको गुल्मले जनाएको छ । यस्तै गुल्मले सनपा ९ अर्घामा अवस्थित अर्घा भगवती मन्दिर र दरवार परिषर भित्र बिहिबार सरसफाई गरेको छ । 

गुल्मका सहायक गुल्मपति सह–सेनानी पञ्चराम तामाङ्गको टोलीले सरसफाई गरेको गुल्मका गुल्मपति सुमन थापाले जानकारी दिए । यो संगै नेपाली सेनाले जिल्लामा बिपद् र दैबिप्रकोपको अबस्थामा सराहनीय काम गर्नुको साथै जिल्लाका बिभिन्न स्थानमा बृक्षारोपण,सरसफाई तथा चेतनामुलककार्य र सामाजिक कार्यमा अग्रहणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।


Views: 346