15th September | 2019 | Sunday | 9:01:14 PM

चिनियाँ विदेशमन्त्रीले गरे प्रचण्ड र देउवासँग छुट्टाछुट्टै भेट

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७६ (२:२० PM)

चिनियाँ विदेशमन्त्रीले गरे प्रचण्ड र देउवासँग छुट्टाछुट्टै भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।           

उनले दुबै नेतालाई छुटटाछुट्टै भेट गरेका हुन् ।

होटल मेरियटमा प्रचण्ड र विदेशमन्त्री यीबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । 

भेटपछि उनले सञ्चारकर्मीसँग भने, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।

उनीहरुबीचको भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । “नेपालको समग्र विकासमा चिनियाँ विदेशमन्त्रीको अत्यन्त सकारात्मक, उत्साहवद्र्यक विचार पाएँ, मलाई विश्वास छ, आउने दिनमा नेपाल चीनसम्बन्ध अझ सुदृढ भएर जानेछ ।” 

भेटमा नेपाल र चीनबीच आर्थिक क्षेत्रमा भइरहेका सहयोगलाई गुणात्मक ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा पनि छलफल भएको अध्यक्ष दाहालले बताए । चिनियाँ सहयोगमार्फत नेपालको आर्थिक विकासको प्रयासमा ठूलो मद्तद्य पुग्ने विश्वास लिएको अध्यक्ष दाहालले बताए । भेटमा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई पनि अझ विस्तार र सुदृढ गर्ने विषयमा छलफल भएको थियो । 

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट भएको छ । 

भेटवार्तामा उनीहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत  विषयमा विचारविमर्श भएको भेटमा सहभागी परराष्ट्रविद् डा. दिनेश भट्टराईले जानकारी दिए ।

सो अवसरमा सभापति देउवाले यसप्रकारको भेटघाटले दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउँदै चीनले नेपालको पूर्वाधारलगायत क्षेत्रमा गरेको सहयोगको प्रशंसाकासाथ निरन्तरताको अपेक्षा गरेका थिए । साथै उनले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याए ।

सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेका थिए । विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिएको डा. भट्टराईले बताए । सो भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । विदेशमन्त्री वाङ नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुगेका हुन् । 


Views: 77