15th September | 2019 | Sunday | 8:56:02 PM

प्रधानमन्त्री ओलीको सन्ट्रेल भेनस क्याथेटर निकालियो

  POSTED ON : भदौ २५, २०७६ (५:१६ PM)

प्रधानमन्त्री ओलीको सन्ट्रेल भेनस क्याथेटर निकालियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको  ‘क्याथेटर’ पाइप निकालिएको छ ।  प्रधानमन्त्री ओली सिंगापुरमा गरिएको प्लाज्माफेरेसिसका लागि राखिएको सन्ट्रेल भेनस क्याथेटर निकाल्नका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका थिए ।

चिकित्सकका अनुसार सामान्यतया एकपटक खोलिएको सेन्ट्रल लाइन ४५ दिनमा फेर्नु वा झिक्नु राम्रो मानिन्छ ।

प्रधानमन्त्री ओली भदौ ५ मा दोस्रोपटक शरिरमा मृगौलासम्बन्धी एन्टिबडीको संख्या बढेपछि प्लाज्माफेरेसिस पद्दतीबाट त्यसलाई निकाल्ने उपचार गर्न सिंगापुर गएका थिए ।


Views: 55