7th July | 2020 | Tuesday | 6:27:02 AM

संविधान दिवस भव्यताकासाथ मनाउने जिसस झापाको निर्णय

हिमालय टाइम्स   POSTED ON : भदौ २६, २०७६ (६:०५ PM)

संविधान दिवस भव्यताकासाथ मनाउने जिसस झापाको निर्णय

झापा । जिल्ला समन्वय समिति झापाले संविधान दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

विहिबार जिसस प्रमुख सोमनाथ पोर्तेलेको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

कार्यक्रम अनुसार संविधान दिवस तथा मूल समारोह समितिले निर्देशित गरे अनुसार असोज २, ३ र ४ गते जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय झण्डा फहराउने, तीन दिन साँझ सरकारी कार्यालयमा दिपावली गर्ने, साथै उक्तदिन घरघरमासमेत दिवावली गर्न आवह्वान गर्ने, विद्यालयका विद्यार्थी लक्षित मिनि म्याराथुनकोसमेत आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै समितिले संविधान कार्यान्वयनको अवस्था विषयक गोष्ठि असोज ४ गते जिल्ला समन्वय समितिको कार्यालयमा गरिने विज्ञप्तिमा उल्लेख छ ।




Views: 186