19th November | 2019 | Tuesday | 1:44:48 PM

कृष्णबहादुर महरालाई सिसियूमा सारियो

  POSTED ON : कार्तिक १, २०७६ (६:४४ PM)

कृष्णबहादुर महरालाई सिसियूमा सारियो

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएको छ ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ति करणी प्रयासको आरोप लागेर पक्राउ परेका महरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएको हो । उनी २३ असोजदेखि नर्भिक अस्पतालमा उपचाररत छन् ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या आइ नर्भिक अस्पतालमा भर्ना भएका महरालाई आज सिसियूमा राखिएको हो । 

उनको रक्तचापसमेत बढेको छ भने महरालाई साविकको भन्दा औषधी थप गरिएको छ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा पक्राउ गरिएको थियो। 


Views: 123