19th November | 2019 | Tuesday | 1:16:05 PM

विकासको नमुना हेर्न केही समय पर्खौं – प्रम ओली

  POSTED ON : कार्तिक ४, २०७६ (६:१० PM)

विकासको नमुना हेर्न केही समय पर्खौं – प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताए । 

 नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आज सो कुरा बताए ।

 सुरुङ मार्गको प्रयोग नेपालमा पहिलो भएकोले यस प्रकारको  विकासले देशलाई नयाँ फड्कोबाट अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ  । “हामी यस्तै प्रकारका विकासका नयाँ अभ्यासहरु गर्दै देशलाई विकासको गतिमा अघि बढाउनेछौं ” प्रधामन्त्री ओलीले भने  “यस सुरुङ मार्ग निर्माणको सहयोगका लागि जापानी सरकार  र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।” 

 प्रधानमन्त्री ओलीले यो सुरुङ मार्गको ४२ महिनामा निर्माण सम्पन्न भइसक्ने बताए । “विकासको यो नमुना हेर्न केही समय पखौं । बढीमा ४२ महिनामा काम सकिन्छ ” प्रधानमन्त्री ओलीले भने “निर्माण कम्पनीले समय मै काम सक्नेछ भन्ने मेरो विश्वास छ ।”

 प्रधानमन्त्री ओलीले देशका अन्य ठाउँमा पनि सुरुङ मार्गको निर्माणका लागि सरकारले प्रक्रिया अघि बढाएको बताए । “सरकार अब योजनाबद्ध ढंगले विकासका आधुनिक नमुनाहरु प्रयोग गर्दै अघि बढ्दछ ” प्रधानमन्त्री ओलीले भने “अब कुरा काट्नेहरुले पनि काम काट्नेहरुले पनि काम काट्ने बानी बसाउनुप¥यो ।”

काठमाडौंको प्रवेशद्वार त्रिभूवन राजपथको बलम्बूबाट  धादिङको सिस्नेखोलामा निस्क्ने सुरुङ मार्गको लम्बाइ २.६६ किलोमिटर छ । जापान सरकारको करिब १६ अर्ब र नेपल सरकारको ६ अर्ब रुपैंया गरी कुल २२ अर्ब रुपैंयामा निर्माण हुन लागेको हो । 

    


Views: 76