18th November | 2019 | Monday | 10:32:27 PM

भारतले जारी गरेको नक्सा नेपाललाई स्वीकार्य छैन – परराष्ट्रमन्त्री ज्ञवाली

कृष्ण बिष्ट   POSTED ON : कार्तिक २१, २०७६ (५:५२ PM)

भारतले जारी गरेको नक्सा नेपाललाई स्वीकार्य छैन – परराष्ट्रमन्त्री ज्ञवाली

बैतडी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारले नेपालको भूमिलाई नक्सामा राखेर सानो चित्तको ब्यवहार गरेको बताएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीवारदेखि सुरु भएको राष्ट्र निर्माण महामहोत्सवको समुद्घाटनमा बोल्दै परराट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । “भारत सरकारले नेपाली सिमा मिचेको प्रस्ट देखिएको छ  ।” उनले भने “जुन भारतले सानो चित्तको ब्यवहार देखाएको छ । सो कुरा नेपालका लागि स्विकार्य छैन ।” महामहोत्सवका प्रमुख अतिथी समेत रहेका मन्त्री ज्ञवालीले नेपालले सबैको मित्रराष्ट्र सँग मित्रवत  ब्यवहार गरेको अवगत गराउँदै भारतले नेपाली भुमिमा हस्तक्षेप गर्नु गलत रहेको बताए । यस विषयमा सरकारले बार्ताको माध्यमबाट सिमा बिवादको समस्याको हल गर्न चाहेको उनको भनाइ  थियो । 

फरक प्रसंगमा बोल्दै उनले अब विकास सुदूरपश्चिमबाट सुरु हुने बताए  । उनले भने “घाम पुर्वबाट उदाए झै विकास अव पश्चिमको बैतडीबाट उदाउँछ ।” पञ्चेश्वर परियोजना, झुलाघाटमा मोटरेबेल पुल, पञ्चेश्वर गाउँपालिकाको भारतीय सिमा महाकाली नदिमा  झोलुङ्गे पुल निर्माण प्राथमिकताकासाथ स्थान दिइने उनको भनाइ थियो । यी महत्वपुर्ण परियोजनाको लागि भारत सरकारसँग निरन्तर छलफलमा जुटेको अवगत गराउँदै छिटै परिणाम आउने उनको जिकिर थियो । 


Views: 100