20th January | 2020 | Monday | 12:47:25 PM

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस– अस्पताल भर्ना

  POSTED ON : मंसिर १०, २०७६ (१२:३५ PM)

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस– अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा गएका छन् । 

स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उनले बताए ।

चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या आएपछि डायलासिस गरिएको थियो । 

१२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।


Views: 74